सिन्धु विकास बैंकको ३ करोड नाफा

काठमाडौं । सिन्धु विकास बैंकले गत आवमा ३ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैंकले अघिल्लो वर्ष २ करोड ७२ लाख रुपैयाँ नाफा गरेको थियो ।

यो बैैंकको यस्तो नाफा गत आवमा ३६ दशमलव ६७ प्रतिशतले बढेको छ । यो बैंकले गत वर्ष ९९ लाख ९३ हजार रुपैयाँले नाफा बढाउन सफल भएको छ ।

यो वैकको गत असार मसान्तसम्ममा २६ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

यो बैंकले १ अर्ब ९० करोड रुपैयाँ करोड निक्षेप संकलन गरेर १ अर्ब ३९ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यसको जगेडा कोषमा ६ करोड ९९ लाख रुपैयाँ रहेको छ । यसले गत आवसम्ममा गरेको लगानी १ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस