लक्ष्मी बैंकले ४८ प्रतिशतले नाफा

काठमाडौं । लक्ष्मी बैंकले ४८ प्रतिशतले नाफा बढेको छ । यो बैंकले गत आर्थिक बर्ष २०७३/७४ मा आफ्नो नाफा अघिल्लो वर्षको तुलनामा ३२ करोड ५३ लाख रुपैयाँले बढाएको छ ।

यो बैैंकले गरेको नाफा गत वर्ष १ अर्ब २४ लाख रहेको छ । यो बैंकको अघिल्लो वर्षको नाफा जम्मा ६७ करोड ७१ लाख मात्रै थियो । नाफा बढेसँगै यो बैंक पनि एक अर्ब नाफा कमाउने बैंकको सूचिमा सूचिकृत भएको छ ।

यो वैकले गत असार मसान्तसम्ममा ५९ अर्ब ३२ करोड निक्षेप संकलन गरेर ७२ अर्ब ७३ करोड कर्जा सापटी दिएको छ । बैंकको गत असार मसान्तसम्मको चुक्ता पुँजी ७ अर्ब ४७ करोड रुपैयाँ छ । यो बैंकको जगेडा कोषमा २ अर्ब १८ करोड रुपैयाँ छ भने बैंकको लगानी ९ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।

यो बैककले गरेको ब्याज आम्दानी ४ अर्ब ६८ करोड रुपैयाँ रहेको छ भने ब्याजवापतको खर्च जम्मा ३ अर्ब २ करोड रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री