कुसुन्तीमा गोली चल्यो,घाइते खत्रीको मृत्यु

काठमाडौ : ललितपुरको कुसुन्ती स्थित अरुण वस्तीमा सोमबार गोली चलेको छ । गोली लागेर गम्भीर घाइते भएका लागू औषधको डिलर सञ्चालक प्रविण खत्रीकोको मृत्यु भएको छ । खत्रीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले दावी गरेको छ ।
खत्री आफैले आफैलाई कञ्चटमा गोली हानेको प्रहरीको दावी छ ।
प्रहरीका अनुसार सोमबार बिहानदेखि दुई वटा पेस्तोल लिएर वस्ती घरबाट निस्किएका थिए । उनलाई नियन्त्रणमा लिन महानगरीय अपराध महाशाखाको टोली बिहानैदेखि परिचालित थियो । अपराध महाशाखाका अनुसार कुसुन्तीमा एउटा घर पछाडि वस्तीलाई गोली लागेको अवस्थामा भेटिएको छ ।
स्रोतका अनुसार खत्री आफनै घरको कोठामा रहेको वेला प्रहरीले घेरा हालेको थियो । प्रहरी घेराकै वीचबाट खत्री दुई वटा पेस्तोल लिएर बाहिर निस्किएका थिए । खत्रीलाई प्रहरीले लखेटेको थियो । ‘अन्त्यमा खत्री आफैले आफनै बन्दुकले गोली हानेपछि हामीले फेला पारयौ’प्रहरीले भनेको छ ।

अन्नपूर्ण अनलाईनबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds