भरतपु । चितवनको भरतपुर महानगरपालिका-१० मा एयरपोर्ट नजिकै सोमबार राति भएको स्कुटर दुर्घटनामा दुई जना युवाको ज्यान गएको छ । तीव्र गतिका कारण अनियन्त्रित भई स्कुटर सडकमा पल्टिँदा घटना भएको प्रहरीले जानकारी दिएको छ ।
राति करिब २ बजेको समयमा बा.प्र.०६-००३ प ०६९२ नम्बरको स्कुटर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा भरतपुर-२१ का २५ वर्षीय सन्दीप घिमिरे र २८ वर्षीय कुशल अर्याल गम्भीर घाइते भएका थिए ।
तत्कालै उपचारका लागि भरतपुर अस्पताल पुर्याइए पनि चिकित्सकले राति २:३५ बजे उनलाई मृत घोषणा ग रे। स्कुटर तीव्र गतिमा रहेकाले चालकले नियन्त्रण गुमाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
मृतक दुवैको शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया



