म्यान्चेस्टर सिटी, चेल्सी र म्यान्चेस्टर युनाईटेड विजयी

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा शीर्ष क्लबहरु म्यान्चेस्टर सिटी, चेल्सी र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् । गएराती भएको खेलमा म्यान्चेस्टर सिटीले साउथह्याम्प्टनलाई ३–१ ले हरायो ।

खेलमा म्यान सिटीलाई विजयी गराउन डेभिड सिल्भा र सर्जियो अगुएरोले एक एक गोल गर्दा साउथह्याम्पटनका वार्ड प्रौजले एक आत्माघाति गोल गरे । गएराती भएको अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई १–० ले हरायो । चेल्सीका लागि एन्गोलो कान्तेले निर्णायक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले बर्नमाउथलाई ४–१ ले हराएको छ । म्यान्चेस्टर युनाईटेडका लागि पउल पोग्बाले दुई गोल गर्दा मार्कस रास्फोर्ड र रोमेलु लुकाकुले एक एक गोल गरे ।

बर्नमाउथका नाथन आकेले एक गोल फर्काए । गएराती बर्नलेले वेष्ट ह्याम युनाईटेडलाई २–० ले हरायो । गएरातीका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा २० खेलबाट ५४ अंक जोडेको लिरभपूल शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ४७ अंक छ ।

४५ अंक जोडेको टोटनह्याम हट्सपर तेस्रो स्थानमा छ भने ४३ अंकसहित चेल्सी चौथो तथा ३८ अंकसहित आर्सनल पाचौैं स्थानमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस