काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि महत्त्वपूर्ण घोषणा गरेको छ। बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
यो निर्णयसँगै मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरू लाभान्वित हुने भएका छन्। प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।
तपाईंको प्रतिकृया




