केन्द्रीय समिति बैठकमा देउवाले के-के भने ? (सम्बोधनको पूर्णपाठ)

  • भदौ २४: देउवाद्वारा ‘इतिहासकै डरलाग्दो दिन’ को संज्ञा, जेनजी विद्रोह र घुसपैठको निन्दा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी विद्रोहपछि मंगलबार सार्वजनिक भएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै देउवाले भदौ २४ गतेलाई ‘इतिहासकै डरलाग्दो दिन’ को संज्ञा दिएका छन् ।

उनले गत भदौ २३ गतेको शान्तिपूर्ण जेनजी प्रदर्शनमा घुसपैठ भएको र यसले अकल्पनीय जनधनको क्षति निम्त्याएकोमा गहिरो दुःख व्यक्त गरे । सभापति देउवाले भने, ‘गत भदौ २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रूप लियो । निर्दोष नवयुवकहरूको ज्यान गयो । यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहित बनाएको छ ।’

उनले थपे, ‘यसबाट अकल्पनीय जनधनको क्षति भयो । सम्भवत यो नेपालको इतिहासमै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुनेछ ।’

देउवाको यो अभिव्यक्तिले जेनजी विद्रोहको क्रममा भएको हिंसात्मक घटना र यसको परिणामप्रति पार्टीको गम्भीर चासो र चिन्तालाई उजागर गरेको छ । उनले शान्तिपूर्ण प्रदर्शनलाई दूषित पार्ने प्रयासको निन्दा गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिए ।

जनजी विद्रोहका क्रममा भएका मानवीय क्षति र भौतिक क्षतिका विषयमा विस्तृत छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग जनस्तरबाट उठिरहेका बेला देउवाको यो अभिव्यक्तिले घटनाको संवेदनशीलतालाई थप बढाएको छ । 

यस्तो छ देउवाको सम्बोधन :-

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री