काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा लागू हुने विशेष मल्टी-बाइ अफर सार्वजनिक गरेको छ। सीमित अवधिको यो अफर अन्तर्गत ग्राहकहरूले चुनिएका ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप खरिद गर्दा ५३ प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन्।
यो अफर सामसङका नवीनतम फ्ल्यागशिप, ए-सिरिज र एम-सिरिज स्मार्टफोनहरूमा लागू हुनेछ। अफरले प्रयोगकर्ताहरूलाई आफ्नो स्मार्टफोनलाई ग्यालेक्सी वाच८ क्लासिक वा बड्स३ जस्ता वेरेबल्ससँग जडान गरेर एकीकृत “ग्यालेक्सी इकोसिस्टम” को अनुभव दिलाउनेछ। यी उपकरणहरू रक्तचाप (BP) र ईसीजी (ECG) ट्र्याकिङ, सहज कनेक्टिभिटी तथा Galaxy AI द्वारा सञ्चालित उत्कृष्ट अडियो अनुभवका लागि डिजाइन गरिएका छन्।
MX सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार, “सामसङको लक्ष्य सधैं कनेक्टेड इकोसिस्टम निर्माण गर्नु हो, जसले प्रयोगकर्ताको दैनिक जीवनलाई सहज र स्मार्ट बनाउँछ। यो अफरमार्फत हामीले ग्राहकहरूलाई ग्यालेक्सी कनेक्टिभिटीको सम्पूर्ण शक्ति अनुभव गर्ने अवसर प्रदान गरेका छौं।”
यो अफर नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा सीमित अवधिको लागि मान्य रहनेछ। साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ०% ब्याजदरमा सजिलो EMI योजनामा नयाँ डिभाइस खरिद गर्न सक्नेछन्। प्रक्रिया सरल छ—केवल नागरिकता प्रमाणपत्र भए पुग्छ।




