जेनजी आन्दोलनका घाइते वर्गीकरण गरिने, यस्तो छ स्वास्थ्य मन्त्रालयको तयारी

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसका लागि एक प्राविधिक समिति गठन गरेको छ ।

मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा १० जना विभिन्न विज्ञहरू सम्मिलित एक समिति गठन गरिएको छ । यस समितिको मुख्य कार्य घाइतेहरूको चोटपटकलाई सामान्य, मध्यम वा गम्भीर गरी वर्गीकरण गर्नका लागि मापदण्ड तयार पार्नु हो ।

संयोजक डा. शर्माले घाइतेहरूको वर्गीकरणको मापदण्ड बनाउने कार्य सुरु भइसकेको जानकारी दिए । उनले भने, ‘विशेषज्ञको टोलीसहित हामीले अध्ययन गरिरहेका छौँ। चोटपटक सामान्य, मध्यम वा गम्भीर भनेर ग्रेडिङ गर्ने काम भइरहेको छ ।’

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको सङ्ख्या २ हजार ३१६ जना रहेको छ । यस वर्गीकरणले घाइतेहरूको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त गर्न र थप उपचार तथा सहयोगका लागि योजना बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री