प्रचण्डको चरित्रहत्या गरेको आरोपमा पूर्वएआईजी सुवेदीविरुद्ध साइबरमा उजुरी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चरित्रहत्या गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

प्रचण्डको निजी सचिवालयले बुधबार साइबर ब्यूरोमा उजुरी दर्ता गराउँदै सुवेदीले नियोजित रूपमा झुटो र तथ्यहीन प्रचार गरेको आरोप लगाएको हो । उजुरीमा भनिएको छ, ‘देवेन्द्र सुवेदीले सामाजिक सञ्जालमा प्रचण्ड निवासबाट घर जलिनु दुई दिनअघि नै दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लुकाइएको भन्दै पूर्णतः गलत र तथ्यहीन प्रचार गरिरहेका छन् । यसरी झुट्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएको छ ।’

सचिवालयले डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले यस विषयमा आवश्यक अनुसन्धान गरी सुवेदीलाई कानुनी कारबाहीको माग गरेको छ । साइबर ब्यूरोले यस विषयमा गम्भीरतापूर्वक अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री