काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक आज (आइतबार) बस्दैछ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा अहिले बिहान ११ बजे बैठक बस्न लागेको हो ।
हिजो बिहान ११ बजे डाकिएको बैठक ओलीको स्वास्थ्य समस्याका कारण आजलाई सारिएको हो । बैठकमा उपमहासचिव, सचिवलगायतले बोल्ने एजेण्डा छ ।
यसअघि शुक्रबार बसेको बैठकमा उपाध्यक्षहरू र महासचिवले आफ्ना धारणा राखेका थिए । अधिकांश उपाध्यक्षले हालको अवस्थामा अध्यक्ष ओलीले नेतृत्व परिवर्तनका लागि मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका थिए ।
बैठकमा यसअघि ओलीका पक्षमा उभिएका नेताहरु पनि उनको विपक्षमा खुलेका छन् । सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित बहुमत पदाधिकारीले पार्टीलाई पुनर्गठन गरी नयाँ दिशातर्फ लैजान ओलीले अध्यक्षबाट मार्गप्रशस्त गर्नुपर्ने मत राखेका छन्।
तपाईंको प्रतिकृया




