काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले बाढी पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्ग अवलोकन गरेका छन् । मन्त्री घिसिङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकसहित काभ्रे गएका हुन् ।
उनले रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको सिमाना चौकीडाँडाबाट कामको निरीक्षण गरेर फर्किएका हुन् । निरीक्षणको क्रममा उनले असोज २४ गते साँझसम्म ट्र्याक खोलिसक्ने गरी कामलाई तीव्रता दिन भनेका थिए ।
यही असोज १७, १८ र १९ गतेको वर्षा र बाढीपहिरोका कारण बीपी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेर यातायात अवरुद्ध छ । रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको ३ स्थानमा डाइभर्सन बनिसकेको छ ।
तपाईंको प्रतिकृया




