रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै, विस्तारित बैठकको एजेन्डा तय गरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा दिउँसो ३ बजे बस्ने बैठकले आगामी विस्तारित बैठकको एजेन्डा र व्यवस्थापनका विषयमा छलफल गर्ने भएको हो ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा पछिल्लो असोज १७ देखि १९ गतेसम्मको मनसुनजन्य विपदमा पार्टीले खेलेको भूमिका र आगामी दिनमा पनि यस्ता विपदमा कसरी सक्रिय रहने भन्नेबारे छलफल हुनेछ । प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न पार्टीले विभिन्न पहल गर्दै आएको र त्यसको समीक्षा तथा निरन्तरताका लागि आवश्यक रणनीति तय गरिने प्रवक्ता झाले बताए ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गर्न लागेको ‘सद्भाव यात्रा’ को कार्यसूचीबारे पनि आजको बैठकमा छलफल हुने भएको छ । देशैभर सद्भाव र एकताको सन्देश फैलाउने उद्देश्यले यो यात्राको तयारी भइरहेको र त्यसको विस्तृत कार्ययोजना आजको सचिवालय बैठकले तय गर्ने बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री