बालगायिका दिप्सी भट्टको ‘आमा’ चर्चामा (भिडियोसहित)

काठमाडौँ ।  बालगायिका दिप्सी भट्टको नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ । भट्टको एक स्वरमा रहेको गीतको म्युजिक भिडियो सामाजिक सञ्जाल युट्युवमा शुक्रबार रिलीज भएको हो ।

युट्युवमा सार्वजनिक भएपछि चर्चामा रहको यो गीतलाई धेरैले मन पराएका छन् । बालगायिका दिप्सीसँगै मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र पुजा पाठकको अभिनय रहेको छ । भिडियोमा दिप्सीले कुशल नृत्य पनि प्रस्तुत गरेकी छिन् ।

पढाई सँगसँगै विभिन्न कार्यक्रममा व्यस्त रहेकी भट्टको विगतमा पनि थुप्रै गीत तथा भिडियो सार्वजनिक भइसेकेको छ । यस भिडियोमा दिपेन्द्र भट्टको क्यामरा सम्पादन, निर्देशन  शिव बि कको निर्देशन  र शब्द तथा संगीत आर बी लामाको रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप