प्रस्तावित प्रधानन्यायाधीश राणाका विषयमा संसदीय सुनुवाइ आज

काठमाडाैँ । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका विषयमा आज संसदीय सुनुवाइ हुँदैछ। दिउँसो २ बजे बस्ने समितिको बैठकमा सुनुवाइका लागि राणालाई बोलाइएको छ।

विभिन्न समयमा भएका फैसला तथा व्यक्तिगत विषयमा प्रस्तावित प्रधानन्यायाधीश राणाविरुद्ध नौवटा उजुरी परेका छन्। उक्त उजुरी तथा उनका भावी कार्ययोजनाका विषयमा आज छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ।

सुनुवाइपछि राणाको नाम अनुमोदन गर्ने/नगर्ने निर्णय हुनेछ। यसअघि गत शुक्रबार बसेको बैठकमा उजुरीकर्तासँग छलफल गरिएको थियो।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी मंगलबार अनिवार्य अवकाश पाउने भएकाले त्यसअघि नै प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ सक्ने तयारी संसदीय समितिले गरेको हो।

समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रामेछापमा फोर्स गाडी दुर्घटना : पाँच जनाको घटनास्थलमै मृत्यु, तीन गम्भीर

काठमाडौं । रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाले मृत्यु भएको छ । आठ जना …

प्रतिकृया दिनुहॊस