मोटरसाईकल दुर्घटना हुँदा आमाको मृत्यु, छोरा घाइते

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–२ स्थित सिंग्याही बजारमा मोटरसाईकल दुर्घटना हुँदा आमाको मृत्यु भएको भने छोरा गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–२ बखरी बस्ने ४० वर्षीया लक्ष्मीनियादेवी सिंह छिन्।

दुर्घटनामा उनका छोरा १६ वर्षीय मनिष सिंह गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। मनिषले चलाएको मोटरसाईकल दुर्घटनामा परेको हो।

घाइते मनिषको अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको छ। बखरीबाट ज ८ प ५४४५ नम्बरको मोटरसाइकलमा चढेर सिंग्याही बजार जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री