जोखिम मोलेरै २६ सय यात्रु काठमाडौं भित्रिए, बाहिरिने पनि उस्तै

काठमाडौं । अविरल वर्षा र त्यसबाट सिर्जित बाढी तथा पहिरोका कारण राजधानी काठमाडौंलाई मुलुकका अन्य भागसँग जोड्ने प्रमुख राजमार्ग तथा मुख्य सडकहरू प्रायः सबै अवरुद्ध भएका छन् । दसैं मनाएर राजधानी फर्कनेहरूको लर्को लाग्ने समयमा सडक अवरोधले जनजीवन थप कष्टकर बनाएको छ ।

सरकारले काठमाडौं भित्रिने र बाहिरिने सवारीमा रोक लगाएको छ । तर पनि जोखिम मोलेरै पछिल्लो २४ घण्टामा ५ सय ४० सवारीसाधनमार्फत २ हजार ६ सय ४८ यात्रु काठमाडौं भित्रिएका छन् भने ४ सय ६५ सवारीसाधनमा २ हजार २ सय ६४ जना बाहिरिएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार हाल काठमाडौं प्रवेश गर्ने सबै नाकाहरू बाढी र पहिरोले बन्द छन् । यसले गर्दा दसैंमा काठमाडौं छाडेका ३ लाखभन्दा बढी मानिस अझै राजधानी फर्कन बाँकी रहेको अनुमान गरिएको छ ।

मौसमविद्हरूले अझै केही दिन वर्षा जारी रहने सम्भावना औंल्याएकाले सडक सञ्जाल सुचारु हुन अझै केही समय लाग्ने देखिन्छ । सरकारले अवरुद्ध सडक खुलाउन र यात्रुहरूको सुरक्षित यात्राका लागि आवश्यक कदम चाल्न युद्धस्तरमा काम गरिरहेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री