विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा, सन्दीप पनि समावेश

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष टि–२० विश्वकप एसिया तथा ईएपी छनोट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।

घोषित टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी दिपेन्द्रसिंह ऐरीलाई दिइएको छ । पछिल्लो युनिटी कपमा समावेश साहब आलमलाई बाहिर राखेर यसपटक टोलीमा स्पिनर सन्दीप लामिछानेलाई फर्काइएको छ । अन्य खेलाडीहरू यथावत रहेका छन् ।

नेपाली टोलीको सूचीः

  • रोहित कुमार पौडेल (कप्तान)
  • दिपेन्द्रसिंह ऐरी (उपकप्तान)
  • सन्दीप लामिछाने
  • आसिफ शेख
  • कुशल भुर्तेल
  • सोमपाल कामी
  • करण केसी
  • कुशल मल्ल
  • नन्दन यादव
  • मोहम्मद अदिल आलम
  • सन्दीप जोरा
  • आरिफ शेख
  • ललित राजबंशी
  • गुल्सन झा
  • लोकेश बम

यस टोलीमा अनुभव र युवा ऊर्जा दुबैको संयोजन गरिएको छ । बलिङतर्फ सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, गुल्सन झाजस्ता भरपर्दा बलर छन् भने ब्याटिङ विभागमा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्लजस्ता आक्रमक खेलाडी छन् । नेपालले यो छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी टि–२० विश्वकपको यात्रा सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री