बोलाइयो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। जेनजी आन्दोलनपछि पहिलो पटक बैठक बोलाइएको हो ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबारका दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका हुने कांग्रेसले जनाएको छ ।

बैठकका एजेन्डा भने खुलाइएको छैन । कांग्रेसका केही नेताहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर संकलन गरिरहेका बेला आह्वान भएको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री