कार्यबोझको आधारमा दरबन्दी मिलान गरिने, कर्मचारीको वृत्तिविकासमा असर नपर्ने

काठमाडौं । सरकारले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि कार्यबोझ बढी भएका सरकारी निकायहरूमा दरबन्दी मिलान गर्ने स्पष्ट पारेको छ । यसअघि भदौ ३१ गते बसेको सचिवस्तरीय बैठकको निर्णयबारे केही अस्पष्टता देखिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसबारे थप प्रष्टीकरण दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसालका अनुसार, कार्यबोझ अधिक भएका कारण सेवा प्रवाहमा कठिनाइ भोगिरहेका निकायहरूमा कर्मचारीको उचित व्यवस्थापन गर्ने उद्देश्यले यो निर्णय गरिएको हो । उनले दरबन्दी मिलान गर्दा कर्मचारीहरूको वृत्तिविकासमा कुनै पनि नकारात्मक असर नपर्ने गरी प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री