एनआईसी एसिया बैंकका ग्राहकहरूलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट

काठमाडौँ । एनआईसी एसिया बैंकका ग्राहकहरूलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्ट विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरूले बर्दघाट, नवलपरासीमा रहेको उक्त रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री