सिरहामा अपहरणपछि १५ वर्षीय बालकको हत्या, मागिएको थियो फिरौती

काठमाडौं । सिरहामा अपहरणमा परेका एक १५ वर्षीय बालकको हत्या भएको छ । गोलबजार नगरपालिका-१३, भेल्हा डंगराहा निवासी सञ्जय सिंहका छोरा अभिषेक सिंहको शव आज बिहान घर नजिकैको आँप बगैंचामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवले बालकको शव बिहान फेला परेको पुष्टि गरेका छन् । घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रहरीले अनुसन्धान तीव्र पारेको र अपराध पत्ता लगाउन डग टोली (तालिमप्राप्त कुकुर) बोलाउने तयारी भइरहेको उनले जानकारी दिए ।

परिवारका अनुसार, मृतक अभिषेक गत आइतबार राति करिब ८ बजेदेखि बेपत्ता भएका थिए । रातभरि परिवारले खोजी गर्दा पनि उनी फेला परेका थिएन न्। सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट उनकी आमाको मोबाइलमा एउटा म्यासेज आएको थियो, जसमा अपहरण भएको र फिरौती माग गरिएको उल्लेख थियो । लगत्तै परिवारले यस विषयमा प्रहरीलाई खबर गरेका थिए ।

घटनाले स्थानीय बासिन्दामा त्रास र आक्रोश छाएको छ । प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको र दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री