सन नेपाल लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सव: उत्साह र प्रगतिको आठ वर्ष

काठमाडौँ । नेपाली बीमा बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। वि.सं. २०७४ असोज ६ गते सामाजिक सेवा दिवसका दिनदेखि कारोबार प्रारम्भ गरेको यस कम्पनीले आठ वर्षको अवधिमा उल्लेख्य प्रगति हासिल गरेको छ।

स्थापनाकालदेखि नै ग्राहकमुखी सेवा प्रदान गर्दै आएको सन नेपाल लाइफ इन्स्योरेन्सले मुलुकभर १४६ वटा शाखा कार्यालयहरू, ३६२ जना कर्मचारीहरू र ४०,६७६ जना अभिकर्ताहरूमार्फत जीवन बीमा सेवा प्रवाह गरिरहेको छ। कम्पनीको निरन्तरको प्रयास र समर्पणले आज यो उचाइमा पुगेको हो।

कम्पनीको वित्तीय अवस्था पनि सुदृढ रहेको सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ। हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ। त्यसैगरी, जगेडा कोषमा २ अर्ब २३ करोड २४ लाख ३० हजार ९०१ रुपैयाँ र जीवन बीमा कोषमा १० अर्ब १८ करोड ७ लाख ५१ हजार ५४५ रुपैयाँ कायम भएको छ। कम्पनीको खुद सम्पत्ति १५ करोड ५३ लाख ५० हजार रुपैयाँ रहेको र सोही आधारमा जोखिम बहन गर्ने क्षमतामा वृद्धि हुँदै गएको पनि जनाइएको छ।

आफ्ना आठ वर्षको यात्रामा कम्पनीलाई मार्गदर्शन गर्ने नियामक निकायहरू, सेवाग्राहीहरू, अभिकर्ताहरू लगायत सम्पूर्ण सरोकारवाला पक्षहरूप्रति कम्पनीले हार्दिक कृतज्ञता व्यक्त गरेको छ । आगामी दिनहरूमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता पनि कम्पनीले जाहेर गरेको छ । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री