हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा जेनजी आन्दोलनका पीडितलाई शीघ्र दाबी भुक्तानी सुरु

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले हालैको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको दाबी भुक्तानी प्रक्रिया सुरु गरेको छ। कम्पनीले विषम परिस्थितिलाई मध्यनजर गर्दै बीमितहरूको सुविधाका लागि द्रुत भुक्तानीको व्यवस्था मिलाएको जनाएको छ।

कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार, आन्दोलनका कारण सम्पत्तिमा क्षति बेहोरेका बीमितहरूले आवश्यक कागजात र प्रक्रिया पुर्याई आफूलाई पायक पर्ने कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। यस पहलले प्रभावित बीमितहरूलाई आर्थिक राहत प्रदान गर्ने र सामान्य अवस्थामा फर्कन मद्दत पुर्याउने विश्वास लिइएको छ।

दाबी विभागका प्रमुख रोजराज लुइँटेलले बीमासम्बन्धी आवश्यक सेवा र दाबी प्रक्रियामा सहजताका लागि ग्राहकहरूसँग समन्वय गरी पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। दाबी प्रक्रियालाई थप सरलीकरण गर्न केन्द्रीय तथा प्रादेशिक कार्यालयहरूमा समेत सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। कम्पनीको यस मानवीय संवेदनशीलता र द्रुत सेवाले बीमितहरूमाझ सकारात्मक सन्देश प्रवाह भएको छ।

थप जानकारीका लागि, बीमितहरूले हिमालयन एभरेष्ट इन्स्योरेन्सको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री