काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना शेयरधनीहरुका लागि आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आकर्षक लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले हाल कायम चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद लाभांश गरी कुल १८.२० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
बैंकको यस निर्णयले शेयरधनीहरुमा उत्साह थपेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिने बैंकले जनाएको छ।
वित्तीय क्षेत्रमा निरन्तर प्रगति गर्दै आएको मुक्तिनाथ विकास बैंकले आफ्ना शेयरधनीहरुलाई सन्तुष्ट पार्ने गरी लाभांश घोषणा गरेको हो।
तपाईंको प्रतिकृया




