बनस्थलीमा बसको ठक्करबाट एक जनाको मृत्यु, अनुसन्धान जारी

काठमाडौं । काठमाडौंको बनस्थलीमा बिहीबार बिहान भएको दुर्घटनामा महानगर यातायातको बसको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, बा.प्र. ०१-००६ ख ७५४३ नम्बरको महानगर यातायातको बसले सडकमा हिँडिरहेका ६८ वर्षीय जसबहादुर मगरलाई ठक्कर दिएको थियो । संखुवासभा घर भई बनस्थलीमा बस्दै आएका मगरको दुर्घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए ।

दुर्घटनालगत्तै घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोली पुगेको थियो । हाल मगरको शव घटनास्थलमै रहेको र सुरक्षाकर्मीले घेरा हालेर राखेको अवस्था छ । एसपी गिरीका अनुसार, कानूनी प्रक्रिया पूरा भएपछि शवलाई पोष्टमार्टमका लागि पठाइनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री