रक्तदान कार्यक्रमसहित मुक्तिनाथ फाउण्डेशनले मनायो चौथो वार्षिकोत्सव, ८० पोका रगत सङ्कलन

काठमाडौँ । मुक्तिनाथ फाउण्डेशनले आफ्नो चौथो वार्षिकोत्सव अवसरमा बृहत रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यस अघि यस संस्थाले सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको छ ।

बागमती सरसफाई कार्यक्रममा सहभागिता, विश्व बातावरण दिवसको अवसरमा टोखा नगरपािलका लगायत देशका विभिन्न स्थानमा बृहत बृक्षारोण कार्यक्रम, बृद्धबृद्धाहरुलाई सम्मान तथा उनीहरुलाई आवश्यक खाद्य सामाग्रीहरुको वितरण लगायतका सामाजिक कार्यहरु गरिसकेको कम्पनीले जानकारी दिएको छ । चौंथो वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ८० पोका रगत संकलन गरेको छ ।

सो कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटीबाट प्राविधिक सहयोग प्राप्त भएको थियो भने उक्त कार्यक्रम मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लि., मुक्तिनाथ क्यापिटल लि., रोयल सहकारी लि. विन्द्यवासिनी म्यूजिक प्रा।लिको समेतको सहभागिता र समन्वयमा सम्पन्न भएको कम्पनी सचिव संगीता ढकाल आचार्यले जानकारी दिएकी छन् हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री