काठमाडौँ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा विभिन्न प्रदेश तथा शाखाहरूका लागि दक्ष र अनुभवी कर्मचारीहरूको माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूलाई तोकिएको समयभित्र आवेदन पेस गर्न आह्वान गरेको हो ।
कम्पनीका अनुसार कोशी प्रदेशको विराटनगर, साउदबारी, भोजपुर र दिक्तेल शाखाका लागि शाखा प्रमुख आवश्यक परेको छ । यसैगरी, मधेश प्रदेशको सिमरा शाखा र बागमती प्रदेशका पनौती, पुलतीसडक, चापागाउँ, थानकोट, फर्पिङ र नेपालटार शाखाका लागि पनि शाखा प्रमुखको आवश्यकता रहेको छ ।
शाखा प्रमुखका अतिरिक्त, काठमाडौँ उपत्यकाभित्र र बाहिरका शाखाहरूका लागि बजार व्यवस्थापक पदमा पनि कर्मचारीको माग गरिएको छ । कम्पनीले यी पदहरूका लागि इच्छुक तथा अनुभवी नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको हो ।
आवेदन दिन चाहने इच्छुक उम्मेदवारहरूले आफू कार्यरत शाखा स्पष्ट उल्लेख गरी आवेदन पत्र (Application Letter) र व्यक्तिगत विवरण (Curriculum Vitae) [email protected] मा मिति २०८२ साल असोज ७ गतेभित्र पठाउनुपर्नेछ ।





