बढ्यो सुनको मूल्य, सोमबार कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । आइतबार सामान्य गिरावट आएको सुनको मूल्य आज पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसअघि, हिजो आइतबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ थियो । गत शुक्रबार सुनले नेपाली बजारमा हालसम्मकै उच्च मूल्य २ लाख १५ हजार ८०० रुपैयाँको रेकर्ड कायम गरेको थियो ।

यसैबीच, चाँदीको मूल्यले भने आज नयाँ कीर्तिमान बनाएको छ । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर २ हजार ५७५ रुपैयाँ पुगेको छ, जुन नेपाली बजारमा हालसम्मकै सबैभन्दा महँगो मूल्य हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री