शेरबहादुर दम्पतीकाे गर्धनमा चोट, अझै एकसाता अस्पतालमै बस्नुपर्ने

काटमाडाै । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी रहेकी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणामाथि घरभित्रै गएर भदौ २४ गते प्रदर्शनकारीहरूले कुटपिट गरे। बूढानीलकण्ठकाे घरभित्रै पसेर प्रदर्शनकारीहरू सभापति देउवा र आरजुमाथि कुटपिट गरेका थिए। प्रदर्शनकारीहरूले सभापति देउवा दम्पतीमाथि कुटपिट र लछारपछार गरेको भिडिओ सामाजिक सञ्जाल टिकटक र फेसबुकमा देख्न सकिन्छ ।

भिडिओमा देखिए अनुसार प्रदर्शनकारीहरू सभापति देउवाको घरभित्र पसेर सभापति देउवा र आरजुकाे कोठासम्मै पुग्छन्। प्रदर्शनकारीलाई सभापति देउवा र आरजुको सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा देउवाका स्वकीय सचिवसमेत रहेका भतिजा भानु देउवाले आक्रमण नगर्न अनुनय गरेकाे भिडियाे पनि सामाजिक संजालमा देख्न सकिन्छ । उनीहरुकाे कुरै नसुनी  प्रदर्शनकारीहरूले देउवा दम्पतीलाई लछारपछार गर्दै आँगनमा पुर्‍याउँछन् । कुटपिट गरेको देखिन्छ।

तत्कालीन परराष्ट्र मन्त्री समेत रहेकी आरजुमाथि एकजना युवाले पछाडिबाट लात्तीले हानेको भिडिओसमेत सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । टाउकाेलाइ भित्तामा ठाेकेकाे र पछाडिबाट लात्ताले हानेपछि आरजु सम्हालिन नसकेर भुइँमा लडेकाे समेत  भिडियाेमा स्पष्ट देखिन्छ । उनीहरु घाइते भइसकेपछि बृद्ध अवस्थाका व्यक्ति र महिलालाइ कुटपिट नगर्न भन्दै केही युवाहरु बचाउमा लागेकाे समेत देख्न सकिन्छ ।

देउवा दम्पतीकाे्शरीरकाे विभिन्न भागमा चोट छ। सभापति देउवाको गर्धन र ढाडमा चोट छ। धारिलो हतियार वा सिसाले प्रहार गरेकोजस्तो चोट सभापतिको गर्धनमा छ । स्राेतले वताएकाे छ ।

प्रदर्शनकारीहरू बूढानीलकण्ठस्थित देउवा चोकमा पिहले नै भेला भइसकेका  ।  परिस्थि अप्ठेराे देखेपछि कार्यकर्ताहरूले घरबाट बाहिर सुरक्षित स्थानमा जान सभापति देउवा दम्पतीलाई आग्रह गरेका थिए। सभापति देउवाले ‘घरमै सुरक्षाकर्मी छन्, सुरक्षा दिइहाल्छन्, मार्न आए भने घरमै मर्छु, किन भाग्ने’ भनेको देउवाकाे निकट स्राेतले जानकारी दिएकाे छ ।

प्रदर्शनकारीहरु घरमा पसेपछि बूढानीलकण्ठमा तैनाथ सुरक्षाकर्मीले सभापति दम्पतीलाई आक्रमण गर्नबाट जोगाउन सकेनन् ।

हेलिकप्टर अवतरण गर्न नसकेपछि प्रदर्शनकारीहरूले हानेको ढुंगाबाट जोगाउन सुरक्षाकर्मीले देउवा दम्पतीलाई जस्तापाताले ढाकेर धेरै बेरसम्म राखेका थिए। पछि हेलिकप्टर अवतरण भयो र उनीहरूलाई उद्धार गरी अस्पताल लगिएको थियो । सभापति देउवानिकट स्रोतका अनुसार सुरक्षाका दृष्टिले उनीहरुकाे कुन अस्पतालमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था कस्तो छ भनेर सार्वजनिक नगरिएको हो।

काँग्रेस उपसभापति खड्काले विज्ञप्ति निकालेर सभापति देउवामाथि अमानवीय र बरबर्तापूर्ण आक्रमण भएको उल्लेख गर्दै  स्वास्थ्यलाभकाे कामनासमेत गरेका छन्। सभापति देउवा ७९ वर्ष भए भने आरजु ६३ वर्षकी भइन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री