पोखरा आगलागीमा दोलखाकी स्वस्थानी खड्काको निधन

काठमाडौं । पोखराको लेकसाइडस्थित अंशुभरा स्क्वायरमा भएको आगलागीमा परी एक युवतीको ज्यान गएको छ । बुधवार बिहान जलेको अवस्थामा फेला परेको शव दोलखाको वैतेश्वर गाउँपालिका-८, छेत्रपा फेदीकी स्वस्थानी खड्काको रहेको पुष्टि भएको छ ।

छिमेकी पुष्कर अधिकारीका अनुसार २२ वर्षीया स्वस्थानी कामको सिलसिलामा काठमाडौंबाट पोखरा पुगेकी थिइन् । घटनास्थलबाट प्राप्त जानकारी अनुसार स्वस्थानीको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

स्वस्थानीको शव बुझ्न उनका भिनाजु र भाइ पोखरा पुगेका छन् । दोलखामा रहेका उनका बुबाआमा भने काठमाडौं हुँदै पोखरातर्फ लाग्नुभएको अधिकारीले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री