देशभर बदली : यी स्थानमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित न्यून चापीय रेखाका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ। विशेषगरी मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी तराई भूभागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्नेछ। महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्नेछ। कोशी प्रदेशको पहाडी र तराई भूभाग, मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

हाल मनसुन सक्रिय रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने हुँदा नदी तटीय क्षेत्रका बासिन्दा तथा यात्रा गर्ने व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री