पूर्व उप-प्रधानमन्त्री रायमाझी कारागारबाट फरार, देशभरका जेलमा सुरक्षा चुनौती

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउप-प्रधान तथा पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी सुन्धारास्थित भद्र बन्दीगृहबाट फरार भएका छन् । बुधबार भएको यस घटनाले देशभरका कारागारहरूको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ ।

कारागार स्रोतका अनुसार, रायमाझी भागेपछि उनी हाल सम्पर्कविहीन छन् । भद्र बन्दीगृहमा रहेका अन्य करिब एक सय जना कैदीमध्ये रायमाझी मात्रै फरार भएका हुन् भने अन्य बन्दीगृहमा रहेका तीन/चार सय कैदीहरू भने यथावत छन् ।

यस घटनाले कारागार प्रशासनमा खैलाबैला मच्चाएको छ । पछिल्लो समय देशभरका विभिन्न कारागारबाट कैदीबन्दीहरू भाग्ने प्रयासका घटनाहरू बढेका छन् । स्रोतका अनुसार, केही फरार कैदीबन्दीहरूले भने प्रशासनमा फोन गरेर आफूहरू फर्किने प्रतिबद्धता जनाएका छन् । ‘हामी फर्किन्छौं, आउँछौं, हिजो त्यस्तै भयो भनेर फोन गरिरहेका छन्,’  कारागार स्रोतले बतायो ।

यसअघि नख्खु कारागारबाट भागेका कैदीबन्दीहरूले केन्द्रीय कारागार पुगेर तोडफोड गरेका थिए भने डिल्लीबजार कारागारमा रहेका कैदीबन्दीहरूले पनि भाग्ने प्रयास गरेका थिए । उनीहरूलाई हाल सेनाको सहयोगमा केन्द्रीय कारागारमा स्थानान्तरण गरिँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री