काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले आफ्नो ४० वर्षको गौरवमय यात्रा मनाउँदै, विश्वप्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड गल्फ का लागि आयोजित वार्षिक पार्टनर मिट पोखरामा सम्पन्न गरेको छ । Redefine Your Limits नारासहित आयोजित कार्यक्रममा नेपालभरिका ३३ भन्दा बढी व्यवसायिक पार्टनरहरूको सहभागिता थियो ।
कार्यक्रममा, गल्फ लुब्रिकेन्ट्सका उत्पादक नेपाल ल्युब आयल लिमिटेडका संचालक समितिका सदस्य र अन्य प्रतिनिधिहरुले २०२४ को समग्र समीक्षा प्रस्तुत गर्दै आगामी रणनीतिक योजनाको खाका पनि साझेदारी गरे । यस अवसरमा उत्कृष्ट प्रदर्शन गर्ने पार्टनरहरुलाई सम्मान प्रदान गरिएको थियो ।
यस्तै नेपाल ल्युब आयल लिमिटेडले राष्ट्रिय महिला यू–१९ क्रिकेट टोलीकी उप–कप्तान पूजा महतोलाई गल्फको आधिकारिक ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गर्ने निर्णय थियो । महतो, जसले हालै आईसीसी यू–१९ महिला विश्वकप २०२५ मा ‘Best XII’ को रूपमा इतिहास रचेकी थिइन्, अब गल्फसँगको सहकार्यमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
नेपाल ल्युब आयल लिमिटेडका अनुसार, ‘पूजा महतो नेपाली क्रिकेटको उदाउँदै गरेको सितारा हुनुहुन्छ र उहाँको मेहनतले महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको छ। यो सहकार्यले कम्पनी र महतो दुवैलाई मात्र होइन, सम्पूर्ण नेपाली महिला क्रिकेटलाई पनि प्रोत्साहन दिनेछ ।’
ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त भएपछि पूजा महतोले भनिन्, ‘गल्फ एक प्रतिष्ठित ब्रान्ड हो जुन उच्च प्रदर्शन र गुणस्तरको लागि प्रसिद्ध छ । यस ब्रान्डसँग सहकार्य गर्न पाउँदा म निकै उत्साहित छु र यो सहकार्यले भविष्यमा अन्य महिला क्रिकेटरहरूलाई पनि प्रेरणा दिने विश्वास राख्दछु ।’
नेपाल ल्युब आयल लिमिटेडका एमडी तथा सीईओ करण चौधरीले यस अवसरमा लुब्रिकेन्टको व्यवसायको चुनौतीपूर्ण स्थितिको बारे जानकारी गराए । उनले र नेपाल ल्युव आयल लिमिटेडले सदैव गुणस्तर, सर्वसुलभ सेवा दिइरहेको बताए ।
‘नेपाल ल्युब आयल लिमिटेडले सधैं गुणस्तर, सर्वसुलभता र पार्टनरहरूको भलाइलाई प्राथमिकता दिएको छ । हामी विश्वास गर्छौं कि गल्फ आगामी दिनमा बजारमा अझ बढी गतिशील हुनेछ’ उनले भने ।
त्यस्तै, अध्यक्ष चौधरीले वर्षको पार्टनर्स मिटको थिमको पर्यावाचीको रुपमा पूजा महतो रहेकोमा खुसी व्यक्त गरे । “पूजा महतोजस्तो प्रतिबद्ध र कडा मेहनत गर्ने व्यक्तित्वको साथमा गल्फको यात्रा अझ समृद्ध हुनेछ, उनले भने ।
गल्फ लुब्रिकेन्ट्स विश्वभर परिचित ब्रान्ड हो र यसको उत्पादनहरु अटोमोटिभदेखि इन्डस्ट्रियल सेक्टरसम्मको आवश्यकता पूरा गर्न सक्षम छन् ।
कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका संचालक समिति सदस्य, विभिन्न व्यवसायिक पार्टनरहरू, र अन्य प्रतिनिधिहरुको सक्रिय उपस्थिति यस ब्रान्डको नेपालमा अझ राम्रो भविष्यको संकेत मानिन्छ ।




