राकुटेन भाइबर: एक दशकभन्दा बढीको विश्वास, नेपाली मनमा अटल सम्बन्ध

काठमाडौं । गुगल प्ले स्टोरमा एक अर्बभन्दा बढी डाउनलोडका साथ विश्वकै सर्वाधिक विश्वसनीय सञ्चार प्लेटफर्ममध्ये एक राकुटेन भाइबरले नेपालमा एक दशकभन्दा बढी समयदेखि करोडौं नेपालीको मन जितेको छ। यसले नेपालीहरूलाई परिवार, साथीभाइ र व्यावसायिक सम्बन्धहरू जोड्न, अमूल्य पलहरू सुरक्षित रूपमा बाँड्न र आफ्ना रुचिका विषयहरू पछ्याउन एउटै मञ्च प्रदान गर्दै आएको छ।

सन् २०२४ को सुरुवातमा नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक सञ्जाल प्लेटफर्मका रूपमा आधिकारिक दर्ता भएसँगै भाइबरले नेपाल सरकारद्वारा जारी सामाजिक सञ्जाल निर्देशिका २०२३ को पूर्ण पालना गरेको छ। यसले डेटा गोपनीयतालाई उच्च प्राथमिकता दिँदै एन्ड-टु-एन्ड इन्क्रिप्टेड भ्वाइस र भिडियो कल, म्यासेजिङ, ग्रुप च्याट र फाइल सेयरिङ लगायतका सुविधाहरू प्रदान गर्दछ।

सुपर एपको रूपमा, भाइबर केवल मेसेजिङ वा कलमा मात्र सीमित छैन। यसले सार्वजनिक च्यानलहरूमार्फत सेलिब्रिटी, इन्फ्लुएन्सर र ब्रान्डका अपडेटहरू उपलब्ध गराई प्रयोगकर्ताको दैनिक जीवनलाई थप सहज र समृद्ध बनाएको छ। नेपाली भाषाका स्टिकर र स्थानीय सामग्री उपलब्ध गराएर भाइबरले डिजिटल सञ्चारलाई अझै व्यक्तिगत र आत्मीय बनाएको छ, जसले गर्दा यो नेपालीका लागि घरघरको अभिन्न अंग बनेको छ।

राष्ट्रिय संकटका बेला पनि भाइबरले महत्वपूर्ण भूमिका खेलेको छ। सन् २०१५ को भूकम्पका बेला यसले गुणस्तरीय भ्वाइस र भिडियो कल सेवा उपलब्ध गराएर मानिसहरूलाई एकअर्कासँग जोडेको थियो। कोभिड-१९ महामारीका समयमा स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा यसले महत्वपूर्ण जानकारीहरू साझा गर्‍यो भने नेपाल प्रहरीसँग मिलेर सार्वजनिक सञ्चार कायम राख्न पनि योगदान पुर्‍यायो ।

राकुटेन भाइबर, राकुटेन ग्रुप आईएनसीको एक हिस्सा हो, जुन विश्वव्यापी ई-कमर्स, फिनटेक, डिजिटल कन्टेन्ट र सञ्चार सेवामा अग्रणी प्रविधि कम्पनी हो। यसले सुरक्षित र सहज तरिकाले मानिसहरूलाई जोड्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री