काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट अभिकर्ता तथा व्यवस्थापकहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरेको क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२ भव्यतापूर्वक सम्पन्न भएको छ। देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता तथा उच्च व्यवस्थापकहरूको सहभागितामा कार्यक्रम भाद्र १६ गतेदेखि १९ गतेसम्म चार दिनसम्म पोखरामा सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सञ्चालक समिति सदस्य समशेर पराजुलीले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए। सो अवसरमा उत्कृष्ट व्यवसाय गरी चेयरम्यान क्लव, सिइओ क्लव र कर्पोरेट क्लव प्राप्त गरेका अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो।
सञ्चालक समिति सदस्य पराजुलीले बीमा व्यवसायमा अब्बल भई विभिन्न क्लवमा सम्मानित भएका अभिकर्तालाई बधाई ज्ञापन गर्दै निरन्तर उत्कृष्टता कायम गर्न प्रेरित गरे। प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ताहरूको योगदानलाई उच्च कदर गर्दै अझै उत्कृष्ट व्यवसाय गर्न उत्प्रेरणा दिने बताए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा मेट्रिक्स फाइट नाइट (MFN) २०२५ का विजेता रविन्द्र ढाँटलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको थियो। सम्मान ग्रहण गर्दै ढाँटले आफ्नो संघर्ष र सफलताको अनुभव साझा गर्दै प्रभु महालक्ष्मी परिवारलाई धन्यवाद दिएका थिए।
त्यस्तै, कार्यक्रममा सर्टिफाइड एनएलपी ट्रेनर तथा कोच मिन घलेले व्यवसायिक जीवनमा व्यवहारिक बीमा बिक्रीकला विषयमा उत्प्रेरणात्मक सत्र सञ्चालन गरेका थिए । विभिन्न सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक गतिविधिहरूले समारोहलाई अझ आकर्षक र जीवन्त बनाएको थियो ।




