काठमाडौं । काजारिया टायल्सले दशैं–तिहारलाई लक्षित गर्दै उपभोक्तामैत्री योजना सार्वजनिक गरेको छ । ‘कजारिया संगै गृहप्रवेश, घुमौं देश विदेश’ नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकहरूले दैनिक लक्की ड्रमार्फत boAt ब्रान्डको स्मार्टवाच जित्ने अवसर पाउनेछन् । साथै, केही भाग्यमानीले सम्पूर्ण खर्चसहित सिंगापुर क्रुज भ्रमण गर्ने मौका पनि पाउने छन् ।
काजारियाका अनुसार भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुने यो योजनामा सहभागी हुन ग्राहकले कजारियाका आधिकारिक डिलरहरूबाट कम्तीमा १,००० वर्गफिट टायल्स खरिद गर्नुपर्नेछ। निर्धारित सीमा भन्दा बढी खरिद गर्ने ग्राहक स्वतः लक्की ड्रका लागि योग्य हुनेछन् ।
काजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले उपभोक्ताप्रतिको आभारस्वरूप यो योजना सार्वजनिक गरिएको जानकारी दिएका छन् । उनले भने, ‘दशकौंदेखि हामीले निर्माण गरेको विश्वास, गुणस्तर र उत्कृष्टताको अनुभवलाई अझ विशेष बनाउने उद्देश्यले यो योजना ल्याएका हौं ।’
उक्त योजनाअन्तर्गत ग्राहकले कजारियाका नजिकको डिलरबाट टायल्स छनोट गरेर खरिद गरेपछि QR कोड स्क्यान गरेर योजना दर्ता गराउन सक्नेछन् ।
नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट रहेको काजारिया रमेश टायल्स लिमिटेडले हाल ४,००० भन्दा बढी विशेष डिजाइनका टायलहरू उत्पादन गरिरहेको छ । कम्पनीको नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूम र १०० भन्दा बढी डिलर नेटवर्क रहेको छ ।
कम्पनीले बजारमा ग्लेज्ड भिट्रीफाइड टायल्स, हेभी ड्युटी टायल्स र सिरामिक वाल टायल्स उपलब्ध गराउँदै आएको छ । यी सबै टायल्स जलप्रतिरोधी, दाग प्रतिरोधी र लामो समयसम्म टिक्ने विशेषता सहित बजारमा लोकप्रिय छन् ।
काजारियाले गुणस्तर र नविन डिजाइनमा निरन्तरता दिँदै नेपाली उपभोक्ताको घरलाई मात्रै होइन, जीवनशैलीलाई पनि स्तरवृद्धि गर्न योगदान पुर्याउँदै आएको बताइएको छ ।




