काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र ललितपुरको लबिम मलबीचको सहकार्यमा SCT–UnionPay कार्ड प्रयोगकर्ताका लागि अत्यन्तै आकर्षक अफर सार्वजनिक गरिएको छ । अब SCT–UnionPay कार्डबाहकले लबिम मलको अन्डरग्राउन्ड पार्किङमा प्रति घण्टा मात्र १ रुपैयाँमा पार्किङ सुविधा लिन सक्ने भएका छन् ।
यो योजना भदौ १६ गते (सेप्टेम्बर १, २०२५) देखि सुरु भइसकेको छ र सेप्टेम्बर महिनाभर लागू हुनेछ । कार्डबाहकले अधिकतम ५ घण्टासम्म उक्त सुविधाको लाभ लिन सक्नेछन् ।
सुविधा लिनको लागि ग्राहकले लबिम मलको पार्किङ क्षेत्रमा रहेको POS मेसिनमा SCT–UnionPay कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ । प्रति घण्टा १ रुपैयाँका दरले भुक्तानी गरेपछि ग्राहकले डिजिटल प्रणालीमै छिटो र सहज रूपमा पार्किङ सेवा प्राप्त गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति पाएको SCT ले डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्न यस्ता सुविधा ल्याएको जनाएको छ । कम्पनीका अनुसार, यस्तो किसिमको सहकार्यले डिजिटल कारोबारलाई प्रवर्धन गर्नुका साथै ग्राहकलाई थप सहजता दिने विश्वास लिइएको छ ।
SCT–UnionPay कार्ड नभएका ग्राहकले SCT सँग आबद्ध बैंक तथा वित्तीय संस्थामा गई सजिलै कार्डको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले आगामी दिनमा यस्तै थप लाभदायी अफरहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।
हालको समयमा बैंक तथा भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीच डिजिटल अफरमार्फत प्रयोगकर्ता आकर्षित गर्ने प्रतिस्पर्धा बढिरहेको छ । SCT–UnionPay को यो अफरलाई पनि सोही प्रतिस्पर्धामा रणनीतिक कदमको रूपमा हेरिएको छ। ग्राहकलाई सस्तो र गुणस्तरीय सेवा दिने लक्ष्यका साथ ल्याइएको यो योजना बजारमा सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ ।




