काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टीको कार्यवाहक डिपी अर्यालले आज दिउँसो १ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने गरी बैठक बोलाएका हुन् ।
प्रवक्ता मनिष झाकाअनुसार बैठकको मुख्य एजेन्डाहरूमा रूपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोटको मूल्यांकन र प्रवास विशेष अभियान सञ्चालनबारे छलफल गरिनेछ । साथै विविध विषयमाथि पनि विचार विमर्श हुने कार्यसूची रहेको छ ।
सचिवालय बैठकलगत्तै पार्टी प्रवेश कार्यक्रम र विशेष गरी रूपन्देही-३ मा हुने उपनिर्वाचनका लागि पार्टीको आधिकारिक उम्मेदवार घोषणा गरिने प्रवक्ता झाले बताए । घोषणाले आसन्न उपनिर्वाचनमा रास्वपाको चुनावी रणनीतिलाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।
तपाईंको प्रतिकृया




