माओवादी मुख्यालय पेरिसडाँडामा शिक्षकहरुको धर्ना

काठमाडौँ । शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले आज नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिएका छन् ।

आन्दोलनको पहिलो चरणअन्तर्गत बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म २ घण्टा धर्ना बसिरहेका शिक्षकहरूले माओवादी केन्द्रका नेताहरूलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

महासंघले आगामी दिनमा पनि विभिन्न राजनीतिक दलका कार्यालयहरूमा चरणबद्ध कार्यक्रम गर्ने जनाएको छ । शिक्षक महासंघले यसअघि सरकारको नेतृत्व गरिरहेका नेकपा एमाले र नेपाली कांग्रेसको कार्यालयमा धर्ना दिइसकेको छ ।

महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले महासंघसँग भएको ९ बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेकाले पुनः आन्दोलन गर्नुपरेको बताइन् ।

प्रतिनिधिसभा पेश भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरु अझै पनि सम्बोधन हुन नसकेको बताइन् । विधेयकमा रहेका असहमतिका बुँदाहरुलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सम्बोधन गर्न राजनीतिक दलहरुले सहयोग गर्ने विश्वास महासंघले गरेको उनले बताइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री