हिम स्टार उर्जाको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओ आज (भदौ १२ गते, बिहीबार) औपचारिक रूपमा सूचीकृत भएको छ। कम्पनीका ३७ लाख ३० हजार कित्ता शेयर सूचीकृत भएसँगै अब यस कम्पनीको कारोबार आइतबार (भदौ १५ गते) बाट सुरु हुने भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ९९.१७ रुपैयाँदेखि अधिकतम २९७.५१ रुपैयाँसम्मको प्रारम्भिक मूल्य दायरा तोकेको छ। यस दायरामध्ये जुनसुकै मूल्यमा पहिलो कारोबार सुरुवात हुनसक्नेछ।

कम्पनीले सर्वसाधारणका लागि असार २४ गतेदेखि २७ गतेसम्म ७ लाख ७३ हजार ९७५ कित्ता सेयर निष्काशन गरेको थियो। प्राथमिक सेयर (IPO) मा ठूलो संख्यामा लगानीकर्ताको सहभागिता रहेको थियो र सो सेयरको बाँडफाँड साउन ३२ गते सम्पन्न भएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री