बालाजु दुर्घटना : ठेलागाडामा चिया बेच्ने श्रीमानको मृत्य, श्रीमती गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको बालाजु नजिक वाइपास रोडमा शुक्रबार बिहान भएको दुर्घटनामा ठेलागाडामा चिया बेच्दै आएका एकजनाको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन् ।

बिहान पाँचबजे भएको दुर्घटनामा ठेलागाडामा चिया बेच्ने धादिङको धुनिलेखी नगरपालिकाका ५८ वर्षीय दलबहादुर बिसुंखेको मृत्यु भएको हो भने उनकी श्रीमती ५७ वर्षीया सानोनानी बिसुंखे गम्भीर घाइते भएकी छन् । उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा गम्भीर घाइते रहेका दलबहादुरलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धर्मस्थलीबाट माछापोखरी हुँदै विमानस्थलमा माटो भर्ने काम गरिरहेको ना ७ ख ७००५ नम्बरको ट्रिपरले चारवटा ट्याक्सी र चिया बेच्ने ठेलागाडालाई ठक्कर दिएको थियो ।

दुर्घटना हुँदा चिया खान भन्दै ठेलागाडा नजिक रोकिएका ट्याक्सी चालकहरुले भागेर ज्यान जोगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री