काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले व्यवसायी, व्यापारी र उद्यमशील व्यक्तिहरूको वित्तीय कारोबारलाई अझ सरल बनाउने उद्देश्यले इसेवा बिजनेस लिंक सुविधा सार्वजनिक गरेको छ।
यस स्विफ्ट अकाउन्ट स्विच फिचरसहितको सुविधामार्फत अब प्रयोगकर्ताले सहजै आफ्नो व्यावसायिक र व्यक्तिगत दुवै खाताहरु एउटै इसेवा एपबाट व्यवस्थापन गर्न सक्नेछन्।
सबै व्यवसायी, व्यापारी र उद्यमशील व्यक्तिहरूको आर्थिक कारोबारलाई अझ सरल बनाउने उद्देश्यले ल्याइएको यो नयाँ सुविधा डिजिटल भुक्तानीको क्षेत्रमा एक महत्त्वपूर्ण कदम मानिएको छ।
आधुनिक समयमा धेरै वित्तीय खाताहरू व्यवस्थापन गर्नुपर्ने चुनौतीलाई यसले सम्बोधन गर्ने इसेवाले जनाएको छ। इसेवा बिजनेस लिंकले एउटै एपबाट सबै वित्तीय कारोबारको सहज व्यवस्थापन सुनिश्चित गरेको छ। यसले विभिन्न खाताहरूमा बारम्बार लगइन गर्ने वा एपहरू परिवर्तन गरिरहने झन्झटबाट मुक्ति दिनेछ।
इसेवा बिजनेस लिंकले व्यक्तिगत र व्यावसायिक दुवै खाताहरूलाई एउटै एपबाट व्यवस्थापन गर्न सहज बनाउँछ। यसले तत्काल खाता स्विच, सहज नगद व्यवस्थापन र तत्काल विना कुनै शुल्क विथड्रलको सुविधा दिँदै दैनिक कारोबारको हिसाबकिताब राख्न मद्दत गर्छ। साथै, यसले उत्कृष्ट डिजिटल भुक्तानी अनुभव प्रदान गर्छ र बिजनेस क्यूआर भुक्तानीहरूलाई सरल बनाउँछ।




