चाबहिलको ‘क्याफे’ समातिए गुण्डागर्दीमा संलग्न रेस लामा

काठमाडौं । गुण्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले ‘रेस लामा’ उपनामले चिनिने गोपाल मोक्तानलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी वृत्त, गौशालाको टोलीले उनलाई आइतबार राति चाबहिलस्थित ‘ए वान क्याफे’बाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार मोक्तानमाथि एक व्यक्तिलाई कुटपिट गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पुर्जी लिएर प्रहरीले उनलाई पक्राउ गरेको हो । हाल उनलाई अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । मोक्तान आपराधिक गतिविधिमा पटक-पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् ।

यसअघि उनले सार्वजनिक स्थानमा तरबारले केक काटेर आतंक फैलाएको आरोपमा पनि प्रहरी हिरासतमा केही समय बिताएका थिए । काठमाडौं उपत्यकामा हुने विभिन्न आपराधिक तथा गुण्डागर्दीका घटनाहरूमा उनको संलग्नता रहँदै आएको प्रहरीको भनाइ छ । प्रहरीले उनको आपराधिक सञ्जाल र अन्य गतिविधिबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री