बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा एक लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य एक लाख ९४ हजार ८०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार २ सय ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ३ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री