नाडा अटो शोमा चिनियाँ ईभी ब्रान्ड ‘जीली’ र ‘जुनयाओ’ सार्वजनिक, छुट र उपहारको बहार

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी, नाडा अटो शो, मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । यसै अवसरमा, विश्वप्रसिद्ध चिनियाँ विद्युतीय सवारीसाधन ब्रान्ड जीली र जुनयाओ अटोका आकर्षक गाडीहरू पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरिएको छ । एलआरआर मोटर्सले यी ब्रान्डहरू भित्र्याएको हो, जसले नेपाली ग्राहकहरूलाई नवीनतम प्रविधि र उत्कृष्ट डिजाइनका ईभीहरू उपलब्ध गराएको छ ।

प्रदर्शनीको मुख्य आकर्षणको रुपमा जीलीको ‘इएक्स फाइभ’ एसयूभी र जुनयाओ अटोको ‘जेवाई एयर’ सेडान रहेका छन् । यी दुवै गाडीहरू आजैदेखि टेष्ट ड्राइभ र खरिदका लागि उपलब्ध गराइएको छ । कम्पनीले नाडा अटो शोलाई लक्षित गरी विशेष छुट र आकर्षक योजनाहरू पनि घोषणा गरेको छ, जसले विद्युतीय गाडीमा रुचि राख्ने ग्राहकहरूलाई उत्साहित बनाएको छ ।

जीली इएक्स फाइभ: शक्ति र सुन्दरताको संगम

जीलीले आफ्नो लोकप्रिय मोडल इएक्स फाइभलाई दुई भेरियन्टमा प्रस्तुत गरेको छ: म्याक्स र प्रो । यी गाडीहरू डिजाइन, प्रविधि र ब्याट्री क्षमतामा अब्बल मानिएका छन् । नाडा अटो शो अवधिभर खरिद गर्दा ग्राहकले यी गाडीहरूमा विशेष छुट पाउनेछन् ।

  • जीली इएक्स फाइभ म्याक्स: यसको वास्तविक मूल्य ६८ लाख रुपैयाँ भए पनि, नाडा अटो शोमा ३ लाख रुपैयाँको विशेष छुटसहित ६४ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ ।

  • जीली इएक्स फाइभ प्रो: ५८ लाख रुपैयाँ वास्तविक मूल्य रहेको यो स्टाइलिश एसयूभी, प्रदर्शनी अवधिभर ५४ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा खरिद गर्न सकिनेछ ।

दुवै मोडलमा १६० किलोवाटको शक्तिशाली मोटर र ६०.२ किलोवाट आवरको सुरक्षित LFP ब्याट्री जडान गरिएको छ, जसले सिंगल चार्जमा ४३० देखि ५३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ ।

जुनयाओ जेवाई एयर: प्रिमियम सेडानको नयाँ अनुभव

त्यस्तै, प्रिमियम ईभी सेडान खोज्नेहरूका लागि जुनयाओ अटोले ‘जेवाई एयर’ लाई दुई भेरियन्टमा ल्याएको छ: अल्ट्रा र लाइट ।

  • जेवाई एयर अल्ट्रा: ६८ लाख रुपैयाँ पर्ने यो गाडी नाडा अटो शोमा ६४ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा उपलब्ध गराइएको छ ।

  • जेवाई एयर लाइट: आकर्षक मूल्यमा प्रिमियम अनुभव प्रदान गर्ने यो गाडीको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

विशेष बुकिङ अफर: आइफोन १६ प्रो म्याक्स वा एक तोला सुन

नाडा अटो शोमा यी गाडीहरू बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले अझ आकर्षक योजना ल्याएको छ । २ लाख रुपैयाँको नन-रिफन्डेबल बुकिङ गर्ने ग्राहकले छुटसहितको मूल्यमा गाडी सुनिश्चित गर्न सक्नेछन् । साथै, उनीहरूले निम्न तीन मध्ये कुनै एक उपहार रोज्ने अवसर प्राप्त गर्नेछन्:

  • आइफोन १६ प्रो म्याक्स

  • एक तोला सुन

  • १ लाख ८० हजार रुपैयाँसम्मको नगद छुट

एलआरआर मोटर्सका अनुसार, यी दुवै ब्रान्डका गाडीले नेपाली विद्युतीय सवारीको बजारमा नयाँ आयाम थप्ने र ग्राहकहरूलाई उत्कृष्ट विकल्प प्रदान गर्ने विश्वास लिइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री