काठमाडौं । नेपाली पेन्ट्स कम्पनीहरूमध्ये अग्रणी स्थानमा रहेको जस्मिन पेन्ट्सले “चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्स संग” नामक ग्राहक उपहार योजना सार्वजनिक गरेको छ ।
भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुने यो योजनाको उद्देश्य आउँदै गरेका चाडपर्वहरूमा ग्राहकको उत्साह र खुशी थप गर्नु रहेको कम्पनीले जनाएको छ ।
योजना अन्तर्गत कम्तीमा रु. ७५,००० बराबरको जस्मिन पेन्ट्सको सामान खरिद गर्ने ग्राहकले एक लक्की ड्र कुपन प्राप्त गर्नेछन् । लक्की ड्र मार्फत १०८२ जना विजेताहरूलाई आकर्षक उपहार प्रदान गरिनेछ।
उपहार विवरणः
१ जनालाई बम्पर उपहारस्वरूप जापान भ्रमणको अवसर
७५ जनालाई डिनर सेट
१०५ जनालाई हिटर
१५१ जनालाई इलेक्ट्रिक आइरन
७५० जनालाई आकर्षक भित्ते घडी
लक्की ड्र कार्यक्रम प्रत्यक्ष प्रसारणमार्फत सार्वजनिक गरिनेछ ।
३१ वर्षदेखि “नेपाली मनको रङ” भन्ने नारासहित नेपाली बजारमा सक्रिय जस्मिन पेन्ट्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू समेत जित्दै आएको छ । कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तरका उच्चस्तरीय रङ उत्पादन गर्दै, नेपाली ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल भएको दाबी गरेको छ ।
कम्पनीका अनुसार, विगतका वर्षहरूमा जस्तै यसपालिको योजना पनि ग्राहकको मन जित्न सफल हुने विश्वास लिएको छ ।




