काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ । पहिलो साधारणसभाले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ मा रहेको फेदीखोलामा निर्माण गरिरहेको ४.३ मेगावाटको आयोजना विसं २०८२ पुस अन्तिमसम्ममा सम्पन्न गर्नेछ ।
आयोजनाको निर्माण सम्पन्न गर्न ९४ करोड लाग्ने अनुमान गरिएकोमा २०८१ साल साउन १५ गतेको बाढीले ४ करोड लागत वृद्धी भई ९८ करोड पुगेको छ ।
कुल लागतको ४९ प्रतिशत अर्थात् ४८ करोड स्वपुँजी सेयर धनीहरूबाट र बाँकी ५१ प्रतिशत अर्थात ५० करोड राष्ट्रिय बाणिज्य बैंकबाट ऋण स्वरुप जुटाएको कम्पनीले जानकारी दिएको छ ।
साधारणसभाले कम्पनीको अधिकृत पुँजी ६० करोडमा १० थप गरी ७० करोड पुर्याउने र सोको २५ प्रतिशत अर्थात् १७ करोड ५० लाखको सर्वसाधारणको लागि सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।




