काठमाडौं । एमएडब्लू वृद्धिले इलेक्ट्रिक एसयूभी दिपल एस–०५ सार्वजनिक गरेको छ । एमएडब्लू वृद्धि चिनियाँ ईभी ब्रान्ड चांगानको आधारिक बिक्रेता हो । यो नयाँ प्रिमियम ईभीले नेपालको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको दाबी छ ।
नयाँ दिपल एस–०५ लाई नेपालका लागि चिनियाँ राजदूत सेन सङ, चांगान अटो साउथइस्टका प्रबन्ध निर्देशक सेन सिन्हुवा, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकारियाले सार्वजनिक गरेका हुन् ।
सम्झौता नगरिएको लक्जरी
दिपल एस–०५ मा दुवै ‘फ्रन्ट सिट वेलकमिङ, भेन्टिलेटेड र हिटेड’ छन् । , यसमा ‘क्विन कोपाइलट सिट’ दिइएको छ, जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’मार्फत यात्रामा अद्वितीय आराम दिन्छ ।
क्याबिनलाई ‘लक्जरियस’ बनाउन उच्च गुणस्तरको ‘लेदरेटेड अपहोल्ट्रिी’, ‘६४–एम्बायन्ट लाइटिङ’, ‘आउटडोर स्पिकर’सहितको १४ स्पिकरयुक्त ‘स्काइ सरान्ड साउन्ड सिस्टम’ दिइएको छ । लामो यात्रामा चाहिनेजति सामान बोक्न सेग्मेन्टकै सबैभन्दा ठूलो १५९ लिटरको ‘फ्रंक’ दिइएको छ ।
‘आईएफ अवार्ड–विनिङ स्टाइल’
आफ्नो ‘फ्युचरिस्टिक एस्थेटिक्स’ र ‘एरोडाइनामिक मास्टेरी’का कारण दिपल एस–०५ युरोपको प्रतिष्ठित ‘आईएफ डिजाइन अवार्ड’ २०२५ जितेको थियो । यसको ‘ड्रयाग कोफिसेन्ट ०.२५८ सीडी’ छ जुन नेपालको एसयूभी सेग्मेन्टकै सबैभन्दा कम हो । यसले पर्फर्मेन्स र सुन्दरता दुवैलाई बलियो बनाउँछ ।
तारामण्डली स्वरुपबाट प्रभावित ‘शार्क नोज फ्रन्ट’, अन्तरीक्षयानबाट प्रभावित हेडलाइट, ‘फ्रेमलेस डोर’, ‘फल्स ह्यान्डल, स्टार फिडर एलईडी टेललाइट, लुमिनस रियर लोगो’ रहेको छ । १९०० एमएम चौडाई र १६०० सीसीको उचाइको ‘प्रोपर्सन’ले सडकमा उपस्थिति जनाउँछ ।
‘टेक्नोलोजी’ले भरिपूर्ण एस–०५
नयाँ दिपल एस–०५ मा ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किंग’को सुविधा छ, जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ । यसको मद्दतबाट साँगुरो ठाउँमा सहजै पार्किंङ गर्न सकिन्छ ।
पछिल्लो प्रविधिको ‘एडास २.०’ रहेको छ जसमा ‘ट्राफिक जाम असिस्ट, लेन सेन्टरिङ कन्ट्रोल, फर्वाड कोलिजन वार्निङ’लगायत १९ वटा अत्याधुनिक सुरक्षाको फिचर छन् । दिपल एस–०५ मा सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ । यसले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिङ सूचना सीधै ‘विन्डशिल्ड’मा प्रोजेक्ट गर्छ ।
१४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस–०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ । यसको माध्यमबाट ‘स्पटिफाइ, युट्युब, एमेजन म्युजिक र लाइभ नेभिगेसन’जस्ता फिचर छन् । स्मार्टफोनमार्फत प्रयोगकर्ताले सजिलैसँग टाढाबाट ‘एसी कन्ट्रोल’, ‘चार्जिङ सेड्युल’ र कारलाई टाढैबाट कहाँ छ भनेर जानकारी पाउन सकिन्छ ।
‘गोल्डेन शिल्ड ब्याट्री’
दिपल एस–०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटीएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ, जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर)को लाइफस्पान छ ।
३० देखि ८० प्रतिशत चार्ज १५ मिनेटमा हुन्छ । यसबाहेक माइनस २० डिग्रीमा पनि १५ प्रतिशतभन्दा कम रेन्ज लस हुन्छ । दिपल एस–०५ मा ६ किलोवाटको ‘भीटुएल’मार्फत बाहिर उपकरणमा ‘पावर सप्लाइ’ गर्न सकिन्छ ।
‘रियर ह्विल ड्राइभ’ र ५० : ५० प्रतिशतको बराबर ‘वेट डिस्ट्रिब्युसन’ले नयाँ दिपल एस–०५ को ‘पर्फमेन्स’लाई बेजोड बनाइदिन्छ । यसको ‘एनईडीसी रेन्ज’ ४७० किलोमिटर रहेको छ ।
सुरुआती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ
नयाँ दिपल एस–०५ प्लस र म्याक्स गरी दुई भेरियन्टमा उपलब्ध छ । प्लस भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, यसको सुरुआती मूल्य ४८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । साथै, माथिल्लो भेरियन्ट म्याक्सको बजार मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । हाललाई यसको सुरुआती मूल्य ५४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।
नयाँ दिपल एस–०५ ‘मुनलाइट ह्वाइट’, ‘ग्यानिमेड ग्रे’, ‘दिप स्पेस ब्ल्याक’, ‘एन्ड्रोमेडा ब्लु’ र ‘मक्र्युरी सिल्भर’ गरी ५ आकर्षक रंगमा उपलब्ध छ । साथै यसको इन्टेरियर ‘ओरेन्ज’ र ‘ब्ल्याक’ गरी दुई ‘लेदेरेटेड कम्बिनेस’मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।



