काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले ललितपुर बखुन्डोल स्थित सारंग हेल्थ केयर प्रा.ली. सँग विशेष सम्झौता गरेको छ।
यस सम्झौता अन्तर्गत, एनआईएमबी डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरू र एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) प्रयोगकर्ताहरूले सारंग हेल्थ केयरको स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन् । यस विशेष छुट लिनका लागि ग्राहकहरूले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप मार्फत भुक्तानी गर्नुपर्नेछ ।
सम्झौता अनुसार, बैंकका ग्राहकहरूले ल्याब सेवामा १० देखि १५ प्रतिशतसम्म छुट, कल्चर तथा विशिष्ट परीक्षणमा ७ प्रतिशत छुट पाउनेछन् । त्यस्तै, इसीजी, युएसजी, इको, एन्डोस्कोपी, कोलोनोस्कोपी र कोल्पोस्कोपी सेवामा पनि ७ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




